माओवादी केन्द्र चितवनद्वारा संसद विघटनविरुद्ध संघर्ष गर्न आह्वान

सफल खबर संवाददाता

आइतबार, ०९ जेठ २०७८, १२ : ०१
माओवादी केन्द्र चितवनद्वारा संसद विघटनविरुद्ध संघर्ष गर्न आह्वान

चितवन । नेकपा माओवादी केन्द्र चितवनले संसद विघटनविरुद्ध संघर्ष गर्न सबैमा आह्वान गरेको छ । केन्द्रका अध्यक्ष यमबहादुर परियार इन्द्रजितद्वारा जारी गरिएको विज्ञप्तिमा  प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा भएको संसदको विघटन र निर्वाचन घोषणाले प्रतिगामी हर्कतको दोस्रो श्रृंखला सुरु भएको बताइएको छ ।

विज्ञप्तिमा कोभिड १९ को महामारी कारण अस्पतालमा बेड, अक्सिजन, औषधिको हाहाकार मच्चिरहेको अवस्थामा मध्यावधि निर्वाचनको घोषणा गरिनु देश र जनताप्रति गैरजिम्मेवारीको पराकाष्ठा हो भनिएको छ । जनताको स्वास्थ्यमाथिको गम्भीर खेलवाड र अपराध भएको ठहरसमेत विज्ञप्तिमा गरिएको छ ।

 
 

प्रतिक्रिया दिनुहोस