काठमाडौं । विपक्षी गठबन्धननिकटका विद्यार्थी संगठनले संसद विघटनविरुद्ध प्रतिरोध गर्न ६ विद्यार्थी संगठनले आह्वान गरेको छ। नेविसंघ, अखिल क्रान्तिकारी, माधव नेपालनिकटको अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन र अखिल छैठौंले संयुक्त वक्तव्यमार्फत यस्तो आह्वान गरेका हुन् ।
‘सदीय मूल्य, मान्यता, परम्परालाई तिलाञ्जली दिदै प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा भएको संसदको विघटनले वर्तमान सरकार असफल भइसकेको प्रमाणित भएको छ’, संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरस ध्यान नदिएको कारण अस्पतालमा बेड, अक्सिजन, औषधिको हाहाकार मच्चिरहेको अवस्थामा मध्यावधि निर्वाचनको घोषणा देश र जनताप्रति गैरजिम्मेवारीको पराकाष्ठा हो भने जनताको स्वास्थ्यमाथिको गम्भीर खेलवाड र अपराध हो ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ जेठ २०७८, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध पूर्णबहादुर खड्काको आपत्ति
१६ विद्यार्थी संगठनद्वारा ५ बुँदे माग अघि सार्दै संयुक्त प्रेस विज्ञप्ति जारी
सबै विश्वविद्यालयमा स्ववियु निर्वाचन हुनुपर्ने १२ विद्यार्थी संगठनको माग