काठमाडौं । वीर अस्पतालको नयाँ भवनलाई कोरोना सङ्क्रमितका लागि एकीकृत केन्द्रीय अस्पताल बनाउने निर्णय गरिए पनि अस्पताल सञ्चालनमा आउन सकेको छैन । अक्सिजन आपूर्ति सहज नहुँदा एकीकृत अस्पताल सञ्चालनमा समस्या परेको हो ।
गत वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई पाँच सय श-याको एकीकृत केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको थियो ।
मुलुकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालमा शøया अभाव हुन थालेपछि सरकारले सो निर्णय गरेको थियो तर निर्णय भएको दुई हप्ता बित्न लाग्दा पनि वीर अस्पतालको नयाँ भवन कोरोना सङ्क्रमितको उपचारका लागि सञ्चालनमा आउन सकेको छैन । अहिले पनि सो भवन प्रयोगविहीन अवस्थामा छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सरकारको सो निर्णय कार्यान्वयनको जिम्मेवारी वीर अस्पताल प्रशासनलाई दिइसकिएको जानकारी दिए ।
नयाँ भवनमा कोभिड–१९ को एकीकृत केन्द्रीय अस्पताल सञ्चालन गर्ने सम्पूर्ण जिम्मेवारी अस्पतालकै रहेको स्पष्ट पार्दै उनले अहिलेसम्म सरकारको निर्णयबमोजिम अस्पताल सञ्चालनमा आउन नसक्नुमा वीर प्रशासनकै दायित्वभित्र पर्न आउँने बताए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०९ जेठ २०७८, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीर अस्पतालको उद्घाटनमा वीरशमशेरले भनेका थिए- रैतीले उपचारमा एक पैसा खर्च गर्न पर्दैन
वीर अस्पताल सुधारका लागि कार्यदल गठन
वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा शुरु
वीर अस्पतालका बेड-बेडमा औषधि बिचौलिया
वीर अस्पतालमा ९ वर्षपछि पुनः सुरु भयो जलनको उपचार