काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्रमुलक तरिकाले देशलाई दुर्घटनातिर लगेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्रीसँग मिलेर असंवैधानिक रुपमा संसद विघटन गरेको उनको आरोप थियो । उनले फेरि संसद पुनर्स्थापना हुने विश्वास व्यक्त गर्दै भने, ‘फेरि संसद पुनर्स्थापना भएर लोकतन्त्र ट्रयाकमा जानेछ भन्ने विश्वास छ ।’
स्थानीय तहदेखि संसद विघटनको विरोधमा प्रतिवाद सुरु हुने अध्यक्ष प्रचण्डको भनाइ छ । उनले अदालतमा पनि सशक्त बहस हुने र संसदको फेरि पुनस्र्थापना हुने दावी गरे । देउवाले १४९ सांसदको हस्ताक्षरसहित दाबी गर्दागर्दै दाबी नपुग्ने भनी राष्ट्रपतिबाट मध्यराति संसद विघटन हुनु अपारदर्शी र निरंकुश कदम भएको प्रचण्डको भनाइ छ । उनले घोषित चुनाव देखाउनका लागि भएको दाबी गर्दै गर्नको लागि चुनाव घोषणा नभएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ जेठ २०७८, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारमा जाने विषय हाम्रो प्राथमिकतामा छैन: प्रचण्ड
निर्धारित समयमा रङ्गशाला निर्माण सम्पन्न हुनुपर्नेमा ‘प्रचण्ड’को जोड
नेपाल उज्यालो बनाउने माओवादी, भ्रष्टाचार गर्ने काँग्रेस-एमाले: प्रचण्ड
माओवादी अध्यक्ष प्रचण्डमाथि शंकर पोखरेलले गरे यस्तो कटाक्ष...
एमसीसी जस्ताको तस्तै पारित हुन दिएनौं: प्रचण्ड
गुटबन्दी अन्त्य गर्ने संकल्प लिएका छौं: प्रचण्ड