नेता गोकुल बाँस्कोटाका टिप्पणी : प्रचण्ड र माधव समुहले ‘विधी र पद्धती कर्णालीमा सेलाउनु’

सफल खबर संवाददाता

शनिबार, ०८ जेठ २०७८, १० : २८
नेता गोकुल बाँस्कोटाका टिप्पणी : प्रचण्ड र माधव समुहले ‘विधी र पद्धती कर्णालीमा सेलाउनु’

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले जनताले चुनेको सरकारलाई पटक–पटक गोलचक्करमा रिङ्गाएको आरोप लगाउदैं प्रचण्ड र माधव समुहलार्ई ‘विधी र पद्धती कर्णालीमा सेलाउनु’ भनेर टिप्पणी गरेका छन् ।

सामाजिक संजालमा ट्वीट गर्दै नेता बाँस्कोटाले जनताले चुनेको सरकारलाई पटक–पटक अप्राकृतिक समिकरणदेखि समिकरणसम्मको गोलचक्करमा रिङ्गाउने षडयन्त्र समाप्त भएको बताएका छन् ।

उनले अब इच्छा अनुसारको समिकरण बनाएर चुनावी मैदानमा उत्रन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड–र एमालेका वरिष्ठ नेता माधव नेपाललाई आग्रह गरेका छन्। उनले भनेका छ्न्–जनताले साथ दिए चौकादाउ हान्नु, कोल्याप्स हान्दिए भने गुनासो नगर्नु भनि उल्लेख गरेका छन् । 

उनले ट्वीटरमा यस्तो लेखेका छन् : ‘जनताले चुनेको सरकारलाई पटक पटक अप्राकृतिक समीकरण देखि समीकरणसम्मको गोलचक्करमा रिङगाउने षडयन्त्र समाप्त।अब माधब-प्रचण्डले कुण्ठित ईच्छा अनुरुपको समीकरण बनाउनु र जनताले साथ दिएमा चौकादाउ हान्नु,जनताले कोल्याप्स  हान्दिए भने सक्यो।गुनासोको काम छैन। विधी,पद्दती लगेर कर्णालीमा सेलाउनु।’ 
 

प्रतिक्रिया दिनुहोस