मध्यरातमा गरिएको प्रतिनिधीसभा विघटनको चौतर्फी आलोचना

सफल खबर संवाददाता

शनिबार, ०८ जेठ २०७८, ०८ : १२
मध्यरातमा गरिएको प्रतिनिधीसभा विघटनको चौतर्फी आलोचना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रतिनिधिसभा विघटन गरेसंगै राजनीतिक दल लगायत विभिन्न क्षेत्रबाट यसको  विरोध सुरु भएको छ। शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । मध्यराती देखिनै सामाजिक सञ्जालमा विरोधका स्वर गुन्जन थालेका छन् ।  

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीका बेला मध्यावधि चुनावका लागि सरकारको तयारी महंगो पर्ने बताएका छन्। प्रवक्ता शर्माले ट्विटरमार्फत संविधानको सामूहिक बलात्कारको दुष्परिणाम महँगो पर्ने पनि चेतावनी दिएका छन्।

उनले लेखेका छन्,’अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो । बुझिराख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाव्याधिका बेला मध्यावधिको रंगीन सपना महँगो पर्नेछ।’ त्यस्तै  जनता समाजबादी पार्टीका नेता बाबुराम भट्राईले  यो मध्यावधी चुनाव नभएर संघिय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने प्रपन्च भन्दै यसको विरोधमा उत्रन आग्रह गरेका छन् ।  

विघटनको विरोधमा विवेकशील साझा पार्टीपनि उत्रेको छ । पार्टीका संयोजनक मिलन पाण्डेयले  प्रम र राष्ट्रपति मिलेर संसदको हत्या  गरेको आरोप लगाएका छन्। ‘यो सत्ता कव्जा गर्ने षडयन्त्र हो,’ उनले लेखेका छन्, ‘हामी चुप लागेर बस्दैनौ ।

प्रतिक्रिया दिनुहोस