काठमाडौं । प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रपति समक्ष पेश भएका दुवै दावी जालि र किर्ते भएको दावीसहित खारेज गरि चुनाव घोषणा गर्न राष्ट्रपतिलाई आग्रह गरेका छन् ।
अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेका छन् ,राष्ट्रपति महोदय, दुवै दावीमा संविधानको धारा ७६(५) अनुसार बिश्वासको मत प्राप्तगर्नेु आधार छैन ।दुवै जालीरकिर्ते हुन् । दुवै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा होस् ।यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे, लोकतन्त्रको नाममा ब्रम्हलुट गरे । अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ।
आज नयाँ सरकार गठनका लागि दावी गर्दै राष्ट्रपति समक्ष केपी ओलीले १५३ र शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षर आफूसँग रहेको भन्दै दावी पेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ जेठ २०७८, १८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा