काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसदहरूको बैठक सुरु भएको छ ।
राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम आज ५ बजे सम्म सरकार गठन गर्न सांसदहरूलाई समय दिएपछि ठाकुर पक्ष सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफलमा जुटेको हो ।
एक नेताका अनुसार बैठक संसदीय दलका नेता महतोका अध्यक्षतामा बस्न लागेको हो । जसपाकै उपेन्द्र यादव–बाबुराम भट्टराईं पक्षले भने बैठकबारे आफूहरूलाई कुनै जानकारी नभएको बताएका छन् ।
जसपाको ठाकुर पक्ष ओलीलाई सर्मथन गर्ने पक्षमा उभिएको देखिन्छ भने बाबुराम(उपेन्द्र याद पक्ष विपक्षी गठबन्धनमा छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ जेठ २०७८, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा