काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसदहरूको बैठक सुरु भएको छ ।
राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम आज ५ बजे सम्म सरकार गठन गर्न सांसदहरूलाई समय दिएपछि ठाकुर पक्ष सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफलमा जुटेको हो ।
एक नेताका अनुसार बैठक संसदीय दलका नेता महतोका अध्यक्षतामा बस्न लागेको हो । जसपाकै उपेन्द्र यादव–बाबुराम भट्टराईं पक्षले भने बैठकबारे आफूहरूलाई कुनै जानकारी नभएको बताएका छन् ।
जसपाको ठाकुर पक्ष ओलीलाई सर्मथन गर्ने पक्षमा उभिएको देखिन्छ भने बाबुराम(उपेन्द्र याद पक्ष विपक्षी गठबन्धनमा छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ जेठ २०७८, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै