रोनाल्डोले पाँचौं पटक युरो २०२० खेल्दै

एजेन्सी

शुक्रबार, ०७ जेठ २०७८, ११ : ४४
रोनाल्डोले पाँचौं पटक युरो २०२० खेल्दै

एजेन्सी । अर्को महिना विभिन्न शहरमा हुने युइएफए युरोका लागि साविक विजेता पोर्चुगलको टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले पाँच पटकका बालोन डी’अर विजेता क्रिस्टियानो रोनाल्डको कप्तानीमा २६ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

सन् २००४ मा पोर्चुगलले नै आयोजना गरेको संस्करणमार्फत् प्रतियोगितामा ‘डेब्यू’ गरेका स्टार फरवार्ड रोनाल्डो लगातार पाँचौं संस्करण खेल्दै छन् ।

२००४ मा फाइनलमा पुगेर घरेलु मैदानमा ग्रीससँग पराजित भएको पोर्चुगलले २०१६ मा फ्रान्सलाई उसकै मैदानमा पराजित गर्दै पहिलो पटक युरो जितेको थियो ।

रोनाल्डोको नेतृत्वमा सम्भवत :अन्तिम युरो खेल्ने तयारीमा रहेको पोर्चुगलको टोलीमा युवा खेलाडी जुवाओ फेलिक्सले पनि स्थान बनाएका छन् ।समूह एफमा रहेको पोर्चुगलले जुन १५ मा हंगेरीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । युरोपेली फुटबलका पावर हाउसहरू फ्रान्स र जर्मनीसमेत सोही समूहमा रहेकाले समूह चरणमै सेमिफाइनल समान प्रतिस्पर्धा हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस