काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं बाबुराम भट्टराईले संसद, संविधान र लोकतन्त्र रक्षा गर्न जे गरेर हुन्छ त्यही गरेर वैकल्पिक सरकार दिनुपर्ने बताएका छन् ।
शुक्रबार सामाजिक संजालमा ट्वीट गर्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित गर्न सबैले आवश्यक त्याग गर्नुपर्ने पनि उल्लेख गरेका छन् । ‘लौरो उभ्याएर भए पनि संविधानको धारा ७६ (५) को वैकल्पिक सरकार दिऊँ। आजै, अहिल्यै गरौं,’–उनको भनाई छ ।
उनले वीपी, पिएलदेखि लडेर ल्याएको संविधान तथा लोकतन्त्र रक्षा नभए इतिहासले धिकार्नेसमेत बताएका छन्।
उनले ट्वीट गर्दै लेखेका छन्–‘संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो, जे गरेर रक्षा हुन्छ त्यही गरौं, सबैले आवश्यक त्याग,बलिदान गरौं, ‘लौरो उभ्याएर भए पनि ७६(५) को वैकल्पिक सरकार दिऊँ। आजै गरौं,अहिल्यै गरौं, बिपीरपिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान रलोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ।’
राष्ट्रपतिले नयाँ सरकार बनाउन दलहरूलाई दिएको समय आज अपरान्ह ५ बजे सकिँदैछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ जेठ २०७८, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेमा सक्रिय हुनु जबज विरोधी हुन्छ : बाबुराम भट्टराई
कुलिङ पिरियडमा जालसाझी विश्वकै लाजमर्दो राजनीतिक ठगी : बाबुराम भट्टराई
नयाँ शक्तिहरू किन अलमलमा पर्यो विमर्ष गर्ने धेरै पाटा छन्: बाबुराम भट्टराई
‘बुढीगण्डकी आयोजनाको हत्या, राष्ट्रघाती निर्णय’ : बाबुराम भट्टराई
सत्ताधारी दलहरूभित्रकै किचलो र स्वार्थ समूहहरूको दबाबमा गभर्नर नियुक्ति अलपत्र : डा.बाबुराम भट्टराई
दिल्लीमा बाबुरामलाई भाजपा नेताको प्रश्न : 'नेपालमा राजतन्त्र फर्किन लागेको हो ?'