सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट कोरोना मुक्त

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, १४ : ३१
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट कोरोना मुक्त

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोरोना मुक्त  हुनु भएको छ । कोराना सङ्क्रमण देखिएको दशौँ दिन बुधबार गरेको पीसीआर रिपोर्ट निगेटिभ आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा.शेरबहादुर कमरको निगरानीमा होम आइसोलेसनमै उपचार गराएका मुख्यमन्त्री भट्टको अवस्था अहिले सामान्य रहेको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस