आजको मौसम :  चक्रवात ताउ–ते को प्रभावले देशभर वर्षा हुने सम्भावना

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, ०८ : ४८
आजको मौसम :  चक्रवात ताउ–ते को प्रभावले देशभर वर्षा हुने सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ । 

पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको गुजरातबाट उतर पश्चिमतिर कमजोर हुँदै अगाडि बढेको चक्रवात ताउ–ते को प्रभावका कारण बदली तथा वर्षा भएको हुने देखिएको हो ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । देशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

उच्च हिमाली भू–भागका केही स्थानमा भारी हिमपात र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
 

प्रतिक्रिया दिनुहोस