काठमाडौं । नेप्से परिसूचक बुधबार १३.०९ अंकले घटेको छ ।आज बजार खुलेदेखि बढेको नेप्सेले एक घण्टाको व्यापारमा अहिलेसम्मकै उच्च विन्दु २८२१ विन्दु पार गरेको थियो ।
त्यसपछि क्रमश घटेर २७९९ विन्दुमा झर्न पुग्यो । पुनः नेप्से बढ्दै दिउसो १२ बजेर १५ मिनेट जाँदा २८२० विन्दुलाई पार गर्यो । त्यसपछि क्रमशः विस्तारै घट्दै आएको नेप्से परिसूचक २७७३.५२ विन्दुमा रोकिएको छ । आज बजार घटेपनि नेप्से कारोबार रकम भने अहिलेसम्मकै उच्चमा पुगेको छ ।
आज २ करोड ५१ लाख २१ हजार ५५४ कित्ताको कनिबेचमा ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४११ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको अहिलेसम्मकै उच्चतम कारोबार रेकर्डलाई पुनः आजको कारोबार रकमले तोडेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ जेठ २०७८, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य अंकले बढ्यो सेयर बजार
१६ अंकले बढ्यो सेयर बजार
१८.४० अंक घट्यो सेयर बजार
सेयर बजार २५२८ मा झर्यो
सेयर बजारका सबै सूचक बढे
सेयर बजारमा भारी गिरावट