कोषाध्यक्षका योग्य र सक्षम उम्मेदवार रकेट साईन्टिस्ट श्रेष्ठ

सफल खबर संवाददाता

बुधबार, ०५ जेठ २०७८, ११ : ०९
कोषाध्यक्षका योग्य र सक्षम उम्मेदवार रकेट साईन्टिस्ट श्रेष्ठ

अमेरिका । एनआरएन अमेरिकाको आसन्न २०२१-२०२३ कार्यकालका लागि कोषाध्यक्षमा उम्मेदवारी दिएका ईण्डियाना निवासी रकेट साईन्टिस्ट राजिव श्रेष्ठको चर्चा अहिले अमेरिकाबासी नेपालीमाझ झाँगिदै गएको छ ।

सन १९८९ मा छात्रबृत्तिमार्फत एरोस्पेस इन्जिनियरिंग लात्भियाबाट बिई र एमई गरेका राजिव श्रेष्ठ सन १९९४ मा अमेरिकाको सान-डिएगो ओलिएका हुन् । बिशेषगरि ईन्जिनियरिंग क्षेत्रमा राम्रो दख्खल राख्ने श्रेष्ठ एनआरएन बृत्तमा सरल र शालिन मानिन्छन ।एनआरएन अमेरिकाको आसन्न २०२१-२०२३ कार्यकालका लागि कोषाध्यक्षको हैसियतले संस्था बलियो र चलायमान बनाउन कम्मर कसेर लागिपरेका राजिव श्रेष्ठ कामप्रति लगाव राख्ने ब्यक्ति मानिन्छन् ।

धेरै लामो, बृहत्त र आकास-पातालको एजेण्डा राजिवसंग छैन, उनले भने,मैले मात्र एनआरएनलाई अमेरिकी सरकारका बिभिन्न निकायबाट प्राप्त गर्न सकिने आर्थिक, भौतिक एवं बैचारिक श्रोतबाट परिचालन गर्ने खाका बनाएको छु । त्यो पहिचान गर्ने र भित्र्याउने क्षमता मसंग छ । यहि नै मेरो कोषाध्यक्षमा बिजयी हुने मुख्य आधार हो । २ बर्षमा संस्थालाई दरिलो र बलियो बनाउने मेरो उद्धेश्य हो ।

फाइटर जेट F35B लाइफ साइकल कोष्ट एण्ड भ्यालु मेनेजर तथा B787 Airplane का लागि पुर्व प्रमुख योजना इन्जिनियर भई काम गरेका राजिव श्रेष्ठ सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल छन् । ललितपुरमा जन्मिएका राजिवको पुख्र्यौली घर भने धादिंग हो ।आफु जहाँ रहेरपनि सामाजिक काम गर्न सकिन्छ भन्ने मान्यता राख्ने कोषाध्यक्षका उम्मेदवार श्रेष्ठले असंख्य संस्थामा स्वयंसेवकको भुमिका निर्वाह गरिसकेका छन् । NAMI का रजिष्टर्ड स्वयंसेवक, NAM का संस्थापक सचिवसंगै कोषाध्यक्ष र उपाध्यक्ष, एनआरएन अमेरिका इण्डियाना च्याप्टर २०१७-२०१९ का संस्थापक अध्यक्षको जिम्मेवारी सम्हालेका राजिव श्रेष्ठले  STI Co-chair  एनआरएन अमेरिका र चितवनमा आधुनिक लाईब्रेरी निर्माणार्थ ग्लोवल फन्डरेज नेपाल जर्नीका संयोजक रहेर समेत काम गरेका छन् ।आम अमेरिकाबासी नेपालीलाई योग्य, सक्षम र काम गर्न सक्ने उम्मेदवारलाई अमुल्य मत दिएर सहयोग गर्न समेत उम्मेदवार श्रेष्ठले अपिल गरेका छन् ।


 

प्रतिक्रिया दिनुहोस