महन्थलाई उपेन्द्रको काउन्टर : जसपामा दलको नेता कोही पनि चयन भएका छैनन्

सफल खबर संवाददाता

मंगलबार, ०४ जेठ २०७८, १६ : ४६
महन्थलाई उपेन्द्रको काउन्टर : जसपामा दलको नेता कोही पनि चयन भएका छैनन्

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसदीय दलको नेता राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा पठाएको केहीबेरमै अर्का अध्यक्ष उपेन्द्र महताले काउन्टरपत्र पठाएर त्यसको खण्डन गरेका छन् ।

उपेन्द्रले संसद सचिवालयमा पत्र पठाएर जसपामा दलका नेता कोही पनि चयन नभएको बताएका छन् । उनले दलको नेता चयन भनेर सन्चारमाध्यममा आएका प्रचार भ्रमपूर्ण रहेको र कसैले जानकारी दिएको भए त्यसलाई वैधानिकता नदिनसमेत संसद सचिवालयमा भनेका छन् ।

संयुक्त वक्तव्यमार्फत पार्टी एकताको आह्वान गरेको कागजको मसी सुक्न नपाउँदै जसपाका अध्यक्ष महन्थले सहमती भंग गरी राजेन्द्र महतो नै संसदीय दलको नेता हो भनी संसद सचिवालयमा पत्र पठाएका थिए । काउन्टरमा उपेन्द्र यादवले अर्को पत्र पठाएर संसदीय दलको नेता चयन नभएको  जनाएपछि पार्टीमा देखिएको विवाद यथावत् रहेको देखिन्छ । 
 

प्रतिक्रिया दिनुहोस