काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसदीय दलको नेता राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा पठाएको केहीबेरमै अर्का अध्यक्ष उपेन्द्र महताले काउन्टरपत्र पठाएर त्यसको खण्डन गरेका छन् ।
उपेन्द्रले संसद सचिवालयमा पत्र पठाएर जसपामा दलका नेता कोही पनि चयन नभएको बताएका छन् । उनले दलको नेता चयन भनेर सन्चारमाध्यममा आएका प्रचार भ्रमपूर्ण रहेको र कसैले जानकारी दिएको भए त्यसलाई वैधानिकता नदिनसमेत संसद सचिवालयमा भनेका छन् ।
संयुक्त वक्तव्यमार्फत पार्टी एकताको आह्वान गरेको कागजको मसी सुक्न नपाउँदै जसपाका अध्यक्ष महन्थले सहमती भंग गरी राजेन्द्र महतो नै संसदीय दलको नेता हो भनी संसद सचिवालयमा पत्र पठाएका थिए । काउन्टरमा उपेन्द्र यादवले अर्को पत्र पठाएर संसदीय दलको नेता चयन नभएको जनाएपछि पार्टीमा देखिएको विवाद यथावत् रहेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ जेठ २०७८, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीमामा मधेसी जनतामाथि चरम दमन भइरहेको छ, हामी विद्रोहको नजिक छौँ : महन्थ ठाकुर
राष्ट्रिय सभा निर्वाचनका महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता
राष्ट्रिय सभा चुनावमा महन्थ ठाकुरलाई जसपा नेपालले गर्यो समर्थन
सर्लाहीबाट लोसपा अध्यक्ष ठाकुरको नाम समानुपातिकमा सिफारिस
मधेसी नागरिकलाई देशबाट भगाउने प्रयास भइरहेको छ : महन्थ ठाकुर
जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छ : महन्थ ठाकुर