बागमती प्रदेश सदस्य महतोद्वारा कोभिड १९ महामारीसँग लड्न भरतपुर महानगरलाई ५० हजार सहयोग

सफल खबर संवाददाता

मंगलबार, ०४ जेठ २०७८, १५ : ११
बागमती प्रदेश सदस्य महतोद्वारा कोभिड १९ महामारीसँग लड्न भरतपुर महानगरलाई ५० हजार सहयोग

चितवन । बागमती प्रदेश सभा सदस्य रामलाल महतोले भरतपूर महानगरपालिकाको कोभिड राहत कोषमा सहयोग गरेका छन् । प्रदेश सदस्य महतोले कोरोना भाइरस महामारीसँग लड्न सहयोग पुगोस् भन्ने उद्देश्यले ५० हजार रुपैयॉ सहयोग गरेका हुन् ।

भरतपुर महानगरपालिकाको विपद व्यवस्थापन कोषमा जम्मा हुने गरी आज मंगलबार भरतपुर महानगर प्रमुख रेनु दाहाललाई ५० हजारको चेक हस्तान्तरण गरेका हुन् । चितवन निर्वाचन क्षेत्र न ३ ख का जनप्रतिनिधि समेत रहेका महतोले प्रदेस सभा सदस्यको हैसियतमा मासिक रूपमा पाउने पारिश्रमिकबाट भरतपुर महानगरपालिकालाई ५० हजार र माडी नगरपालिकालाई ५० हजार रुपैयाँ सहयोग गरेको बताए । ‘मैले यो महामारीमा नगरवासीलाई जोगाउन थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देस्यले सहयोग गरेको हुँ’ महतोले भने । 

प्रदेस सभा सदस्य महतोले प्रदान गरेको ५० हजार रूपैयॉको चेक महानगर प्रमुख दाहालले ग्रहण गर्दै सहयोग प्रदान गरेकोमा धन्यवाद दिइन् । उनले सहयोग रकमलाई महामारी नियन्त्रणको लागि खर्च गर्ने बताइन् । भरतपुर महानगरले विपद् व्यवस्थापन कोष नै खडा गरेर संकलित आर्थिक तथा भौतिक सामग्रीहरु आवश्यकअनुसार महामारी नियन्त्रणमा खर्च गर्दै आएको छ । सो रकम पनि महामहारी नियन्त्रणमा खर्च गरिने महानगर प्रमुख दाहालले प्रतिबद्धता जनाइन् । 

सो अवसरमा प्रमुख दाहालले कोरोना महामारीसँग जोगिनु नै सबै भन्दा महत्वपूर्ण हुने बताउँदै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्न नगरवासी तथा जनसमुदायहरूलाई आग्रहसमेत गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस