चितवन । बागमती प्रदेश सभा सदस्य रामलाल महतोले भरतपूर महानगरपालिकाको कोभिड राहत कोषमा सहयोग गरेका छन् । प्रदेश सदस्य महतोले कोरोना भाइरस महामारीसँग लड्न सहयोग पुगोस् भन्ने उद्देश्यले ५० हजार रुपैयॉ सहयोग गरेका हुन् ।
भरतपुर महानगरपालिकाको विपद व्यवस्थापन कोषमा जम्मा हुने गरी आज मंगलबार भरतपुर महानगर प्रमुख रेनु दाहाललाई ५० हजारको चेक हस्तान्तरण गरेका हुन् । चितवन निर्वाचन क्षेत्र न ३ ख का जनप्रतिनिधि समेत रहेका महतोले प्रदेस सभा सदस्यको हैसियतमा मासिक रूपमा पाउने पारिश्रमिकबाट भरतपुर महानगरपालिकालाई ५० हजार र माडी नगरपालिकालाई ५० हजार रुपैयाँ सहयोग गरेको बताए । ‘मैले यो महामारीमा नगरवासीलाई जोगाउन थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देस्यले सहयोग गरेको हुँ’ महतोले भने ।
प्रदेस सभा सदस्य महतोले प्रदान गरेको ५० हजार रूपैयॉको चेक महानगर प्रमुख दाहालले ग्रहण गर्दै सहयोग प्रदान गरेकोमा धन्यवाद दिइन् । उनले सहयोग रकमलाई महामारी नियन्त्रणको लागि खर्च गर्ने बताइन् । भरतपुर महानगरले विपद् व्यवस्थापन कोष नै खडा गरेर संकलित आर्थिक तथा भौतिक सामग्रीहरु आवश्यकअनुसार महामारी नियन्त्रणमा खर्च गर्दै आएको छ । सो रकम पनि महामहारी नियन्त्रणमा खर्च गरिने महानगर प्रमुख दाहालले प्रतिबद्धता जनाइन् ।
सो अवसरमा प्रमुख दाहालले कोरोना महामारीसँग जोगिनु नै सबै भन्दा महत्वपूर्ण हुने बताउँदै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्न नगरवासी तथा जनसमुदायहरूलाई आग्रहसमेत गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ जेठ २०७८, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना