बुटवलमा थप ४ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०४ जेठ २०७८, १० : ४४
बुटवलमा थप ४ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

बुटवल । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । चार जनामध्ये तीनजना रुपन्देहीका र एकजना अर्घाखांचीका छन् । 

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार वैशाख २८ गते भर्ना भएका सियारी–३ रुपन्देहीका २९ वर्षिय पुरुषको बुटवल धागो कारखानाको आईसीयूमा सोमबार साँझ मृत्यु भएको हो ।

यस्तै, जेठ २ गते भर्ना भएका खनदह अर्घाखाँचीका ४३ वर्षीय पुरुषको पनि धागो कारखानाको आईसीयूमै राति मृत्यु भएको अस्पतालले जनाएको छ ।  यस्तै, जेठ २ गते भर्ना भएका तिलोत्तमा २ रुपन्देहीका ७९ वर्षिय पुरुषको सोमबार साँझ ५ बजे प्रादेशिक अस्पतालको इमर्जेन्सीमा र बुटवल–१२ का ४० वर्षिय पुरुषको सोमबार साँझ ६ बजे अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको हो । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या २६५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस