विश्व

जहाँ खसिरहेका बमहरू माझ पढाइ चलिरहेछ

बुधबार, २१ चैत्र २०७४, १० : ५६
जहाँ खसिरहेका बमहरू माझ पढाइ चलिरहेछ

बीबीसी । लामो समय घरेलु सङ्घर्षमा फसेको सिरियामा विनाश र निराशाका मात्र तस्बिर देखिन्छन् ।

यहाँ जीवित रहनु नै सबैभन्दा ठूलो सङ्घर्ष हुने गर्छ । तर यस्तो प्रतिकूल परिस्थितिमा पनि पूर्वी गुटाका युवाहरू पढ्ने कोसिस गरिरहेका छन् र आफ्नो  भविष्यका लागि योजना बनाइरहेका छन् ।

यहाँका धेरैजसो छात्रहरू यस्तै विश्वविद्यालयमा अध्ययन गर्छन्, जसले अनलाइन डिग्री प्रदान गर्छ ।

यी विद्यार्थीले निक्कै अफठ्याराहरूको सामना गर्नुपर्छ । बिजुलीदेखि लिएर अनेक चीजका लागि सङ्घर्ष गर्नुपर्छ ।

पढाइका लागि सङ्घर्ष
पूर्वी गुटामा बस्ने २० वर्षीया महमुद अमेरिकास्थित युनिभर्सिटी अफ पिपुलबाट कम्प्युटर साइन्सको पढाइ गरिरहेका छन् ।

यो विश्वविद्यालयले यस्ता मानिसलाई डिग्री प्रदान गर्छ, जो परम्परागत तरिकाबाट उच्च शिक्षा लिन सक्दैनन् ।

गृहयुद्धका क्रममा महमुद पूर्वी गुटाको एक माध्यमिक स्कुलमा पढाइ गर्थे तर यसपछि विश्वविद्यालयमा पढाइ निरन्तर कायम गर्न सकेनन् ।

बीबीसीसँग कुरा गर्दै उनले भने– “स्कुलको पढाइ पूरा गरेपछि म कम्प्युटर विज्ञानको पढाइ गर्न चाहन्थें । तर मेरो नजिक कम्प्युटर विज्ञानको पढाइ हुने कुनै यस्तो विश्वविद्यालय थिएन ।”

महमुदलाई जीवनमा अगाडि बढ्नका लागि डिग्री जरुरी हुन्छ भन्ने लाग्छ ।

‘युनिभर्सिटी अफ द पिपुल’मा महमुदजस्ता कैयाँै सिरियाली छात्रहरू पढ्छन् ।

संयुक्त राष्ट्रका सचिवले पूर्वी गुटालाई पृथ्वीको नरकको श्रेणीमा राखेका भए पनि यही क्षेत्रका १० जना विद्यार्थी विश्वविद्यालयमा अध्ययन गर्छन् ।

अझै बाँकी छ आस
तर यस्तो प्रतिकूल परिस्थितिमा पनि कोही कसरी पढाइ गर्न सक्छ ।

महमुद भन्छन्– “निश्चय नै यो सबै चीजको मनोवैज्ञानिक असर पर्छ, किनकि यो सबै हाम्रो चारैतर्फ भइरहेको छ ।”

उनी भन्छन्– “जब बम बर्सन थाल्छ, हामीलाई कसरी ज्यान बचाउने भन्ने चिन्ताले छोप्छ ।”
“र बम बर्सन छाड्ेपछि थोरै समयका लागि भए पनि हामी भविष्य बारे सोच्छौं । हाम्रो दिमाग दुईवटा कुरा धेरै आउँछन् । पहिलो त हामी जीवित नै रहन्छौं कि रहँदैनौं भन्ने र अर्को हाम्रो भविष्य के हुन्छ भन्ने ।”

“तर पढाइले भने हामीमा आशा जागाउँछ ।”

तर यो सहज भने छैन
तर यदि तपाईंलाई यो निक्कै सजिलो छ भन्ने लाग्छ भने तपाईं गलत हुनुहुन्छ । कहिले बिजुली आउँदैन । फेरि कहिले अर्को चीजको अभाव हुन्छ ।
“हामीलाई ज्यादाजसो  समय जेनेरेटरको भरोसमा रहनुपर्छ ।” महमुद भन्छन् ।

यसको अलावा इन्टरनेट अर्को चुनौती बन्छ ।

माजेद पनि कम्प्युटर विज्ञानको पढाइ गर्छन् । एक हवाई हमलामा उनको घर ध्वस्त भयो । उनलाई यही समस्याले केही असर ग¥यो ।

उनी भन्छन्, “परीक्षाको दौरान जब धेरै छात्रहरू पढाइ गरिरहेका हुन्छन्, हामीहरूलाई हमलाको चिन्ता हुने गर्छ ।”

माजेद सिरियाको आउने पिढीबारे सोचेर भयभीत हुन्छन् । जब बाँकी दुनियाका बच्चाहरू परीक्षाको चिन्ता गर्छन्, यहाँ उनीहरू पीडित र हमलाको आँकडा जोडिरहेका हुन्छन् ।
यसको बाबजुद माजेदलाई एक न एक दिन आफ्नो पीएचडी पूरा गरिछाड्छु भन्ने पूरा आशा छ  ।

“जिन्दगी चलिरहन्छ । यो युद्धले हामीलाई रोक्न सक्दैन । एक दिन हामी सबै मिलेर यो देशलाई फेरि उभ्याउन सफल हुनेछौं ।”
“मलाई पूरा विश्वास छ, शिक्षाको माध्यमबाट नै हामीले एक सुन्दर भविष्य ल्याउन सक्छौं ।”

प्रतिक्रिया दिनुहोस