खैरो हेरोइनसहित ३ जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०३ जेठ २०७८, १२ : ४९
खैरो हेरोइनसहित ३ जना पक्राउ

झापा । झापाबाट प्रहरीले खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा बजार बस्ने २२ वर्षीय रोशन भुजेल, २१ वर्षीय साजन लिम्बु र ताप्लेजुङ घर भएका १९ वर्षीय प्रताप लिम्बु छन् । ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

आरोपीहरुको साथबाट ५ सय ३० मिलिग्राम अवैध लागुऔषध खैरो हेराइन बरामद गरिएको छ । हेरोइन जोख्ने २ थान डिजीटल तराजु पनि उनीहरुको साथमा फेला परेको छ । उनीहरुबारे लागु औषध मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस