काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको कम्युनिस्ट आन्दोलन गम्भीर मोडमा पुगेको र असाध्यै गम्भीर परिस्थितिको सामना गरिरहेको बताएका छन्।
२८ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा श्रद्धान्जली व्यक्त गर्दै नेता नेपालले तत्कालीन पार्टी महासचिव मदन भण्डारीले आत्मसात गरेको ‘जनताको बहुदलीय जनवाद’का १४ विशेषता उल्लेख गर्दै सो कुरा उल्लेख गरेका छन् । नेता नेपालले पार्टी प्रति लक्षित गर्दै ती मध्ये लोकतान्त्रीकरणको मूल्य–मान्यतालाई हामीले आत्मसात गरिरहेका छौं ? भन्दै प्रश्नसमेत गरेका छन्।
उनीद्धारा जारी पे्रस विज्ञप्तीमा भनिएको छ–‘पार्टीको आन्तरिक अवस्था सुधारका लागि नेता भण्डारीको पदचापलाई अनुसरण गर्नुपर्ने उनको भनाइ छ। ‘यो बेला हामी माथि प्रश्न छ, के हामी जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट मुलुकको सामाजिक–आर्थिक रूपान्तरण, राष्ट्रिय पूँजीको विकास र समाजवादमा पुग्ने हाम्रो सपना र प्रतिबद्धता अनुरुप अघि बढिरहेका छौं ? हामी माथि प्रश्न छ ।’ उनले जनताको बहुदलीय जनवादले आफ्नो कार्यक्रममा १४ विशेषताको रुपमा अघि सारेको लोकतान्त्रिकरणको मूल्य–मान्यतालाई स्वंयम् हामीले आत्मसात गरिरहेका छौं भनि प्रतिप्रश्न समेत गरेका छन् ?’
पार्टीभित्र देखिएको अहिले देखिएको अहंकार, पार्टी एकताविरोधी प्रवृत्तिलाई निरुत्साहित गर्ने र विगतका गल्तिलाई सच्चाए मात्रै मदन–आश्रितप्रति सच्चा श्रद्धाञ्जली हुने नेता नेपालको भनाइ छ। दासढुंगा दुर्घटनाको २८ वर्ष बितिसक्दा पनि घटनाको रहस्य बाहिर नआएको भन्दै नेता नेपालले यथार्थ पत्ता लगाउन आग्रह गरेका छन्।
विगतका कमीकमजोरी सच्याएमात्र उहाँहरुप्रति सच्चा श्रद्धाञ्जली हुने नेता नेपालको भनाइ छ। उनले भनेका छन्–‘फेरि एक पटक सबै खालका अहंकार, गुटगत र पार्टी एकताविरोधी प्रवृत्तिलाई निरुत्साहित गर्दै देश, जनता र पार्टीप्रति जिम्मेवार भएर क्रान्तिलाई अघि लैजाने सके मात्रै उहाँहरुप्रतिको सम्मान हुनेछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ जेठ २०७८, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल