बाँकेमा ६ घंटाको अन्तरालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०३ जेठ २०७८, ०९ : ५२
बाँकेमा ६ घंटाको अन्तरालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज । नेपालगंजको भेरी अस्पतालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा उनीहरुको अस्पतालमा राति १२ देखि ६ बजे भित्र भएकोे अस्पतालले जनाएको छ ।  दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० का ३८ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ ।

वैशाख ३१ गते पीसीआर गरेका उनलाई जेठ १ गते भर्ना गरिएको थियो। उनको राती १२ः३० बजे मृत्यु भएको छ । बर्दिया मधुवन नगरपालिका वडा नम्बर ९ का ७० वर्षीया महिलाको राती २ः३० बजे मृत्यु भएको छ। वैशाख ३१ गते पीसीआर गरिएका उनलाई जेठ १ गते भर्ना गरिएको थियो ।

सुर्खेत पञ्चपुरी नगरपालिका वडा नम्बर ६ का ५९ वर्षीय पुरुषको बिहान साढे ४ बजे मृत्यु भएको छ। बर्दिया बाँसगढी नगरपालिका वडा नम्बर ६ का ८० वर्षीय पुरुषको बिहान साढे ५ बजे मृत्यु भएको छ। जेठ १ गते भर्ना भएका उनको २ गते पीसीआर गरिएको थियो । त्यस्तै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ का ४० वर्षीया महिलाको बिहान ५ बजे मृत्यु भएको छ ।

वैशाख २७ गते पीसीआर गरिएका उनलाई २८ गते भर्ना गरिएको थियो । कोहलपुर नगरपालिका वडा नम्बर ९ का ४५ वर्षीया महिलाको बिहान ६ बजे मृत्यु भएको छ। वैशाख २५ गते पीसीआर गरिएका उनलाई ३१ गते भर्ना गरिएको थियो। योसँगै कोरोनाबाट बाँकेमा २ सय ३९ र बाहिरी जिल्लाबाट उपचार गराउन आएका एक सय ९० जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस