अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सलाम छ : सभापति देउवा

रासस

आइतबार, ०२ जेठ २०७८, १६ : ३४
अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सलाम छ : सभापति देउवा

काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा दिनरात बिरामीका उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायत  सबैप्रति कृतज्ञता व्यक्त गर्दै उच्च प्रशंसा गरेक छन् ।

उनले फ्रन्टलाइनरको मेहनतले बिरामीमा आशाको किरण देखिएको सामाजिक सञ्जालमार्फत  जनाएका हुन।  एक दिन राज्यले पक्कै पनि फ्रन्टलाइनरले यो कठिन अवस्थामा गरेको योगदानको कदर गर्ने पूर्वप्रधानमन्त्री देउवाले बताए । 
 

प्रतिक्रिया दिनुहोस