ओली-नेपालबिच ‘वान टू वान’ वार्ता शुरू

सफल खबर संवाददाता

आइतबार, ०२ जेठ २०७८, १३ : ५८
ओली-नेपालबिच ‘वान टू वान’ वार्ता शुरू

फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच सिंहदरबारमा  ‘वान टू वान’ भेटवार्ता शुरू भएको छ ।

आइतवार दिउँसो प्रधानमन्त्री कार्यालयमा नेताद्वयबीच भेटवार्ता भएको हो । आजको भेट पार्टीमा देखिएको विवाद अन्त्यका लागि कार्यदल गठन गर्ने विषयमा केन्द्रीत रहने नेताहरुले बताएका छन् । 

शुक्रवार साझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ओली र नेपालसहित दोस्रो तहका नेताहरुको छलफलमा २०७५ जेठ २ को आसपासमा फर्किएर सहमति खोज्ने भद्र सहमति भएको थियो ।

त्यसअघि बिहीवार अध्यक्ष ओली र नेता नेपालबीच चपली हाइट स्थित क्याप्टेन रामेश्वर थापाको निवासमा भेटवार्ता भएको थियो ।

माधव नेपाल पक्षले पार्टी एकतापूर्वका कमिटी ब्यूँताउने प्रस्ताव गरेको छ भने संस्थापन पक्षले माओवादी केन्द्रबाट आएका नेताहरू सहितको कमिटीको बैठक राख्ने प्रस्ताव गरेको छ । 

प्रतिक्रिया दिनुहोस