कांग्रेस उपसभापति गच्छदार पत्नीको कोरोना संक्रमणबाट निधन

सफल खबर संवाददाता

शनिबार, ०१ जेठ २०७८, ०९ : ३५
कांग्रेस उपसभापति गच्छदार पत्नीको कोरोना संक्रमणबाट निधन

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी पत्नी निर्मला गच्छदारको निधन भएको छ । काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत उनको शनिबार बिहान ४ः४५ बजे निधन भएको हो ।

लामो समयदेखि कलेजोको बिरामीसमेत रहेकी उनलाई भारतस्थित नयाँ दिल्लीमा उपचार गरिएको थियो । पछिल्लो समय नर्भिकमा उपचाररत उनलाई दुई दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस