काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीमा निर्माण सम्पन्न भएको तीन हजार सिट क्षमताको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको आज आज भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री ओलीले सो केन्द्र नेपालको सबैभन्दा बढी सिट क्षमता भएको सम्मेलन केन्द्र यही भएको उल्ले गर्दै भने, “मुलुक विकासको भ¥याङ्मा नयाँ सिँढी थपिएको छ । हामी आधुनिकीरणको बाटोतर्फ लागेका छाँै ।”
हाल कोभिड महामारीले त्रसित बनाएको समयमा सकारात्मक भावनाले ओतप्रोत भइ अघि बढ्न उनले आग्रह गरे । उदाउँदो सूर्य समृद्धि र विकासको आधार रहने हुँदा केन्द्रको स्वरुप पनि त्यसै आकारमा निर्माण गरी ‘गोदावरी सनराइज’ नामकरण गरिएको ओलीको भनाइ थियो ।
शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले ४३ रोपनी जमिनभित्र निर्माण भएको सो सम्मेलन केन्द्रको भवनले मात्र ११ रोपनी १३ आना क्षेत्रफल ओगटेको बताए । उनले भने, “यस भवनको सहयोगमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय गोष्ठी, सभाका साथै सम्मेलन गर्न सहयोग हुनेछ ।” आधुनिक, प्रविधियुक्तका साथै सुविधा सम्पन्न सो भवनले विभिन्न काम गर्न सदैव सहयोग गर्ने उहाँको मत थियो ।
सो केन्द्र शहरी विकास तथा भवन निर्माण विभाग र केसी समानान्तर जेभीबीच गतवर्ष २०७६ साल कात्तिक २० गते सम्झौता भई कार्तिक २१ गतेबाट निर्माण अघि बढाइएको थियो । केन्द्र निर्माणको काम सम्पन्न भएपनि सरसफाइलगायत भवनमा रङ्गरोहण गर्दा लागेका दागहरु हटाउन र स्काफोल्डिङ्ग झिक्ने बाँकी रहेको जेभीका परियोजना प्रबन्धक महेश भट्टले बताए । भवन निर्माणमा कूल रु ८१ करोड खर्च भएको भट्टले जानकारी गराए ।
अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा ए, बी र सी नामक तीन ब्लक छन् । ‘ए’ र ‘सी’ सम्मेलन केन्द्र प्रवेश गर्ने थलो हुँदा ‘बी’ भने मा तीन हजार क्षमताको सभाकक्ष रहको छ । केन्द्र भवनमा मुलुकमै पहिलो पटक ५८ मिटर लामो ट्रष्ट हालिएको कार्यक्रममा बताइयो ।
विभाग र जेभीबीच पहिलो पटक २०७६ साल चैत २४ गतेभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको भए पनि मुलुकमा आएको महामारीको कारण ढिलाइ भएको हो । उक्त केन्द्र निर्माणपछि गोदावरीमै राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सकिने भएकाले गोदावरीवासीको मुहारमा हाँसो थपिएको छ । गतवर्ष कार्तिक १६ गते प्रधानमन्त्री ओलीले सो केन्द्र निरीक्षण गरी समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ३१ बैशाख २०७८, १९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निष्पक्षता कायमका लागि लोक सेवा आयोगको जनविश्वास प्रबल छ: प्रधानमन्त्री ओली
ओलीको ‘अध्यक्ष मोह’ मा उपाध्यक्षद्वयको ‘काउन्टर’ प्रतिवाद
सिंहदरबारमा शीर्ष नेताहरूबिच छलफल हुँदै
सांसदहरूलाई ओलीको निर्देशन-‘संसद् अवरोध हुँदैन, तयारी भएर बस्नुस्’
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प छैन : प्रधानमन्त्री ओली