ओली–नेपालबीचको संवाद पार्टीको एकता निर्माणमा सफलता मिलोस् : वामदेव गौतम

सफल खबर संवाददाता

शुक्रबार, ३१ बैशाख २०७८, ११ : ४२
ओली–नेपालबीचको संवाद पार्टीको एकता निर्माणमा सफलता मिलोस् : वामदेव गौतम

काठमाडौँ । नेकपा एमालेका नेता वामदेव गौतमले ओली–नेपालबीचको संवादलाई पार्टीको एकता निर्माणमा सफलता मिलोस् भनी शुभकामना दिएका छन् ।

नेता गौतमले सामाजिक संजालमा ट्वीट गर्दै नेपालको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त भएकोमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बधाई समेत दिएका छन्।

ट्वीटमा गौतमले पार्टी अध्यक्ष समेत रहेका ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक संवाद सुरु भएको र यो एमालेका निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्ने आफ्नो चाहना रहेको पनि बताएका छन्। 
उनले पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्ने शुभकामना पनि दिएका छन् ।

उनले सामाजिक संजालमा यस्तो लेखेका छन् :
‘नेकपा (एमाले) का दुई वरिष्ठ नेताहरु अध्यक्ष क।के।पी शर्मा ओली र पार्टीका पूर्व महासचिव क।माधव कुमार नेपाल विच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएको छ । यो नेकपा (एमाले) का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष क। के।पी। शर्मा ओली नेपाल को ४३ औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु ।’

प्रतिक्रिया दिनुहोस