सुर्खेतमा चितुवाको छालासहित एक जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, १३ : ०६
सुर्खेतमा चितुवाको छालासहित एक जना पक्राउ

सुर्खेत । सुर्खेतमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन् ।  गुर्भाकोट नगरपालिका- ९ बस्ने वर्ष २६ को वीरेन्द्र कुमार खत्रीलाई बैशाख २९ गते नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । चितुवाको छाला लिएर आएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

गुर्भाकोट नगरपालिका ३ कुरील्ले स्थित छिन्चु जाजरकोटमा खत्रीले चढेको भे ४ प ४८८७ नं को मोटरसाईकल रोकी चेकजाँच गर्दा उनले बोकेको झोलामा लुकाई छिपाई राखेको चितुवाको छाला सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई थप कारवाहीको लागि गुर्भाकोट सव डिभिजन वन कार्यालय मेहलकुना सुर्खेतमा पठाईएको प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस