प्रदेश २ मा भोली (शुक्रबार) सार्वजनिक विदा

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, १२ : १४
प्रदेश २ मा भोली (शुक्रबार) सार्वजनिक विदा

जनकपुर । प्रदेश नम्बर २ को सरकारले मुस्लिम धर्मावलम्बीहरुको पर्वलाई मध्यनजर गर्दै भोली सार्वजनिक विदाको घोषणा गरेको छ ।

बिहिबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम धर्मावलम्बीहरुको पर्व इद उलफित्रको अवसरमा वैशाख ३१ गते शुक्रबार सार्वजनिक विदा दिएको छ ।

कोरोना महामारीलाई मध्यनजर गर्दै पोहोर झैँ यस वर्ष पनि घरमै स्वास्थ्य मापदण्डलाई पालन गरी पर्व मनाउन अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस