काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समयसिमा आज सकिने भएपछि नेताहरु बिच छलफल तिब्र बनेको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने भएपछि छलफललाई तिब्रता दिएका छन् । यस्तै सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो छलफलका लागि पुगेका छन् ।
उनीहरु बिच बिहीबार बिहान साढे ११ बजेदेखि देभेटवार्ता भइरहेको छ। देउवालाई भेट्न सुरूमा महतो पुगेका थिए। त्यसपछि केहीबेरमा अध्यक्ष ठाकुर पुगेका हुन्। राष्ट्रपति भण्डारील संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार गठन गर्न दिएको समय आज बेलुकी ९ बजे सकिँदैछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० बैशाख २०७८, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीमामा मधेसी जनतामाथि चरम दमन भइरहेको छ, हामी विद्रोहको नजिक छौँ : महन्थ ठाकुर
राष्ट्रिय सभा निर्वाचनका महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता
राष्ट्रिय सभा चुनावमा महन्थ ठाकुरलाई जसपा नेपालले गर्यो समर्थन
सर्लाहीबाट लोसपा अध्यक्ष ठाकुरको नाम समानुपातिकमा सिफारिस
मधेसी नागरिकलाई देशबाट भगाउने प्रयास भइरहेको छ : महन्थ ठाकुर
जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छ : महन्थ ठाकुर