नयाँ सरकार गठन छलफलका लागि जसपा नेता महन्थ ठाकुर र राजेन्द्र महतो काँग्रेस सभापति देउवा निवासमा

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, १२ : ०८
नयाँ सरकार गठन छलफलका लागि जसपा नेता महन्थ ठाकुर र राजेन्द्र महतो काँग्रेस सभापति देउवा निवासमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समयसिमा आज सकिने भएपछि नेताहरु बिच छलफल तिब्र बनेको छ । 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने भएपछि छलफललाई तिब्रता दिएका छन् । यस्तै सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो छलफलका लागि पुगेका छन् ।

उनीहरु बिच बिहीबार बिहान साढे ११ बजेदेखि देभेटवार्ता भइरहेको छ।  देउवालाई भेट्न सुरूमा महतो पुगेका थिए। त्यसपछि केहीबेरमा अध्यक्ष ठाकुर पुगेका हुन्। राष्ट्रपति भण्डारील संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार गठन गर्न दिएको समय आज बेलुकी ९ बजे सकिँदैछ।

प्रतिक्रिया दिनुहोस