काठमाडौं । सगरमाथा चढ्न गएका दुई जना विदेशी नागरिकको मृत्यु भएको छ । स्विट्जरल्यान्डका अब्दुल वारैच र अमेरिकी आरोही पुवेई लिउको आरोहणकै क्रममा बिहीबार मृत्यु भएको हो ।
उनीहरू ट्राभल एजेन्सी सेभेन समिटबाट सगरमाथा आरोहणका लागि गएका थिए। दुबै जनाको मृत्यु भएको सेभेन समिटले पुष्टि गरेको छ ।
सेभेन समिटका अनुसार अब्दुल सगरमाथा चुचुरोमा पुगेर फर्किने क्रममा थिए। उनले साउथ समिटमा अन्तिम सास फेरेका हुन् । त्यस्तै पुवेई क्याम्प ४ मा समस्या देखिएको थियो ।
उनी हिलारी स्टेपसम्ममात्र पुग्न सकेका थिए। त्यहाँबाट फर्किने क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको र अक्सिजनसहित गएका शेर्पाहरूले पनि बचाउन नसकेको सेभेन समिटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० बैशाख २०७८, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३२ औं पटक सगरमाथा शिखरमा पुगे कामिरिता