ओलीलाई ठाकुरको साथ, देउवालाई यादवको समर्थन

पत्रपत्रिकाबाट

बुधबार, २९ बैशाख २०७८, ०७ : ३८
ओलीलाई ठाकुरको साथ, देउवालाई यादवको समर्थन

काठमाडौं ।  संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएर पदमुक्त भएसँगै नयाँ सरकार गठनका लागि दौडधुप शुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि तीन दिनको समयसीमा तोकेर आह्वान गरेसँगै राजनीतिक दलहरूको छलफल तीव्र बनेको छ ।

संसद्को ठूलो दल नेपाली कांग्रेसले आफूले नयाँ सरकारको नेतृत्व गर्ने बताएको छ । यसका लागि माओवादी केन्द्र र जनता समाजवादी पार्टी उपेन्द्र यादव नेतृत्वको समूहले साथ दिने भएको छ ।

सरकार गठनबारे छलफल गर्न सभापति देउवाले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ । सभापति देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुग्नुभएको थियो ।

संसद्मा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुअघि नै अविश्वासको प्रस्ताव दर्ता गराउने तयारीमा रहेको भए पनि कांग्रेस एमालेको नेपाल समूहले समयमा नै निर्णय नगर्दा उक्त निर्णयबाट पछि हटेको थियो ।अहिलेकै अवस्थामा नयाँ सरकार गठनका लागि बहुमत पु-याउन १ सय ३६ सांसदको आवश्यकता पर्छ ।

नेपाल पक्षका सांसदले राजीनामा दिएको अवस्थामा नयाँ सरकार गठन गर्न १ सय २४ सांसद नै पर्याप्त हुनेछन् । नेपाल समाचार पत्रमा खबर छ ।