टेकू अस्पतालमा पिसिआर परीक्षण स्थगित

सफल खबर संवाददाता

मंगलबार, २८ बैशाख २०७८, १२ : ०७
टेकू अस्पतालमा पिसिआर परीक्षण स्थगित

काठमाडौँ । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पिसिआर परिक्षण केहि समयका लागि बन्द गरेको छ । 

अस्पतालले आज विज्ञप्ती जारी गर्दै  विशेष कारणबस अर्को व्यवस्था नभएसम्मका लागि पिसिआर परिक्षणको कार्य स्थगित गरिएको जनाएको छ । 

अस्पतालले जारी गरेको विज्ञप्तीमा पीसीआर परिक्षण स्थगित गर्नुको अन्य कुनै कारण उल्लेख गरेको छैन । 

प्रतिक्रिया दिनुहोस