काठमाडौं । नेकपा माओवादी केन्द्रलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान बसेको बैठकले संसद बैठकमा प्रस्तुत हुने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिइएको हो ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आज प्रतिनिधिसभामा प्रस्तुत हुने प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको र सरकारलाई कोभिड संक्रमणबाट सर्वधारणको जीवनरक्षाका लागि तत्काल आवश्यक स्वास्थ्य प्रबन्ध मिलाउन माग गर्ने निर्णय गरेको बताए ।
उनले भने, ‘पहिलो कुरा आज सदनमा सरकारको विश्वासको मत निर्णयार्थ प्रस्तुत हुँदैछ । त्यसमा विपक्षमा मतदान गर्ने निर्णय भएको छ । दोस्रो कोरोना नियन्त्रणका लागि सरकारले लापरवाही देखाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ बैशाख २०७८, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने
माओवादीले रोकेको मध्यपहाडी लोकमार्गको अभियान भदौ १५ बाट सुरु हुने