संसद बैठकअघि सिंहदरबारमा देउवा–दाहाल बिच छलफल

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, १२ : ४७
संसद बैठकअघि सिंहदरबारमा देउवा–दाहाल बिच छलफल

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सिंहदरबारमा छलफल भएको छ।

एमालेको माधव कुमार नेपाल समूहले सांसद पदबाट राजीनामा नदिने तर प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने निर्णय लिएका सन्दर्भमा देउवा–दाहाल छलफल भएको हो।

दिउँसो एक बजे बस्ने संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी छ।

प्रतिक्रिया दिनुहोस