प्रधानमन्त्री ओली निकट नेता अर्थमन्त्री विष्णु पौडेल र नेपाल पक्षका ३ नेताबीच थप छलफल

प्रतिनिधिसभामा सहभागी हुनेमा छलफल केन्द्रित

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, १२ : ४४
प्रधानमन्त्री ओली निकट नेता अर्थमन्त्री विष्णु पौडेल र नेपाल पक्षका ३ नेताबीच थप छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निकट अर्थमन्त्री विष्णु पौडेल र माधव नेपाल समुहका ३ जना नेताबिच एमाले संसदिय दलको हलमा बैठक बसिरहेका छन् । सिंहदरबार स्थित दलको हलमा जारी बैठकमा नेपाल समुहका गोकर्ण विष्ट, योगेश भट्टराई र घनश्याम भुसाल रहेका छन् । 

आजै नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने संसद बैठकमा अनुपस्थित हुने निर्णय गरिसके पछि उनीहरु छलफलमा जुटेका हुन् ।

यसअघि बैठक चल्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आपसी छलफल गरेर समस्या समाधान गर्न अपिल गरेका थिए । त्यसलगत्तै अर्थमन्त्री पौडेल र नेपाल पक्षका दोस्रो तहका प्रभावशाली नेताहरूबीच छलफल शुरू भएको हो ।

प्रतिक्रिया दिनुहोस