माधव पक्षिय नेतालाई प्रधानमन्त्री ओलीको आग्रह : हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने, आपसी छलफलबाट समाधान गरौं

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, ११ : ११
माधव पक्षिय नेतालाई प्रधानमन्त्री ओलीको आग्रह : हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने, आपसी छलफलबाट समाधान गरौं

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई हतारोमा कुनै पनि अनुचित निर्णय नलिन ध्यानाकर्षण गराएका छन् ।

ओलीले सामाजिक संजाल ट्वीटरमार्फत नेपाल पक्षलाई सम्बोधन गर्दै आन्तरिक मतभेद वा असन्तुष्टी केही भए आपसी छलफलबाट समाधान गर्न सकिने बताएका छन् । उनले  भनेका छन्–‘ यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए छलफलबाट समाधान गरौं, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरुको ध्यानाकर्षण गराउन चाहान्छु ।

आउनुस् केह समस्या भए सँगै बसौं,छलफल गरौं र समाधान गरौं ।’ संयुक्त राजिनामा दिन सिंहदरबारमा जुटेका नेपाल पक्षिय सांसदहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली छलफलको लागि आह्वान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस