पार्टी एकता सकियो : झपट रावल

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, १० : २६
पार्टी एकता सकियो : झपट रावल

काठमाडौं । नेकपा एमाले माधव नेपाल–झलनाथ खनाल पक्षका सांसद झपट रावलले पार्टी एकता सकिएको बताएका छन् । उनले अनेकौं प्रयास गर्दा पनि अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटतिर लगेको उल्लेख गर्दै अब एमाले एकता सकिएको प्रतिक्रिया दिए ।

माधव पक्षले प्रधानमन्त्री समेत रहेका ओलीलाई दिएको अल्टिमेटम सकिएपछि आयोजित बैठकमा सहभागी हुनेक्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै रावलले अब एमाले फुटतिर गएको बताए । माधव नेपाल समुहका नेताहरु राजिनामा दिने तयारी थालिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस