कोरोनाको भ्याक्सिन खरिदमा कमिसन खाने पक्षलाई कारबाही गरियोस् : नेता नेपाल

सफल खबर संवाददाता

आइतबार, २६ बैशाख २०७८, १७ : ००
कोरोनाको भ्याक्सिन खरिदमा कमिसन खाने पक्षलाई कारबाही गरियोस् : नेता नेपाल

काठमाडौँ  । नेकपा एमालेका नेता माधवकुमार नेपालले कोरोनाको भ्याक्सिन खरिदमा कमिसन नमिलेका कारण मुलुकभित्र ल्याउन अवरोध गर्ने पक्षलाई कारबाहीको माग गरेका छन् । 

आइतबार एक अपिल जारी गर्दै नेता नेपालले त्यस्ता पक्षलाई कानुनी दायरामा ल्याएर तत्काल कारबाही गर्न सरकारसँग माग गरेका हुन् । कमिसन नमिलेका कारण भ्याक्सिन ल्याउन अवरोध गर्नु मानवताविरोधी र अपराध भएको नेपालले ठहर छ ।

जनताको जीवन रक्षाको कुरालाई निजी नाफा र लुटको व्यापारिक उद्देश्यसहित निजी क्षेत्रलाई दिने कार्य तत्काल बन्द गर्न पनि सरकारलाई नेपालले आग्रह गरेका छन् ।


 

प्रतिक्रिया दिनुहोस