प्रधानमन्त्रीको सेटिङमा नेकपा फूटाएका न्यायाधीशका दाइ लोकसेवा आयोगको अध्यक्ष बन्दै

सफल खबर संवाददाता

आइतबार, २६ बैशाख २०७८, १६ : १५
प्रधानमन्त्रीको सेटिङमा नेकपा फूटाएका न्यायाधीशका दाइ लोकसेवा आयोगको अध्यक्ष बन्दै

काठमाडौं । लोक सेवा आयोगको अध्यक्षमा डेढ महिनापछि पूर्वसचिव माधवप्रसाद रेग्मीलाई सिफारिस गरिएको छ ।आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले आयोगको अध्यक्षमा रेग्मीलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

पूर्वसचिव रेग्मी कांग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाको कोटाबाट नियुक्ति सिफारिस गरिएको छ । झापा जिल्लाका रेग्मी केही समयअघि सर्वोच्च अदालतमा न्यायाधीश बनेका कुमार रेग्मीको सहोदर दाई पनि हुन् ।

कुमारकै इजलाशले नेकपा फुटेर पूर्ववत् रुपमा एमाले, माओवादी बनेको थियो । त्यही गुन तिर्न प्रधानमन्त्री ओलीले उनका दाइलाई आयोगको अध्यक्ष बनाएको चर्चा रहेको छ ।

त्यस्तै, रेग्मी पनि झापाली, प्रधानमन्त्री केपी शर्मा ओली पनि झापाली भएका कारण उनलाई सजिलै आयोगको अध्यक्ष बनाइएको बताइन्छ ।आयोगको अध्यक्ष बन्ने दौडमा पूर्वसचिवद्धय केदार बहादुर अधिकारी, चन्द्र घिमिरे, सचिव विश्वनाथ ओली, सचिव गजेन्द्र ठाकुरलगायत रहेका थिए ।

आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली, विन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रम्हदेव राय र कृष्णचन्द्र झा १० चैत्रदेखि सेवा निवृत्त भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस