नेपाल समुहसंग वार्ता गर्न ओलीले पठाए पौडेल र नेम्वाङलाई

सफल खबर संवाददाता

आइतबार, २६ बैशाख २०७८, १५ : ४४
नेपाल समुहसंग वार्ता गर्न  ओलीले पठाए पौडेल र नेम्वाङलाई

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट वार्ता गर्न अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई खटाएका छन् ।

ओलीको आधिकारिक प्रतिनिधि बनेर दुवै नेता अहिले सिंहदरबारतर्फ लागेका छन् । नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले राजीनामाको लागि हस्ताक्षर गरेर बुझाइसकेको बेला ओलीले नेपालसँग वार्ताका लागि आफूनिकट नेतालाई पठाएको स्रोतले जनाएको छ ।

यसलाई ओलीको तर्फबाट नेपाल पक्षलाई पार्टीमा राख्न अन्तिम प्रयास भनिएको छ । पौडेल र नेम्वाङ यसअघि माधव नेपाल पक्षका दोस्रो तहका नेतासँग लगातार संवादमा थिए ।

प्रतिक्रिया दिनुहोस