अक्सिजनको अभाव हुन नदिन सरकारले गम्भीर रुपमा काम गरिरहेको छ : मन्त्री मानन्धर

सफल खबर संवाददाता

आइतबार, २६ बैशाख २०७८, १५ : १३
अक्सिजनको अभाव हुन नदिन सरकारले गम्भीर रुपमा काम गरिरहेको छ : मन्त्री मानन्धर

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोभिड–१९ महामारीमा अत्यावश्यक पर्ने अक्सिजनको अभाव हुन नदिने बताएका छन ।

बालाजुस्थित जनमैत्री अस्पतालको आज अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले अभाव हुन नदिन सरकारले गम्भीर रुपमा काम गरिरहेको बताएका हुन ।

मन्त्री मानन्धरले वर्तमान सरकारले महामारी नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गरिरहेकोले अक्सिजनको अन्य क्षेत्रमा यसको खपत नगर्न उद्योगी तथा व्यवसायीलाई अनुरोध गरे ।

उनले देशभरका ठूला निजी अस्पताललाई आपत्कालीन रुपमा कोभिड अस्पताल बनाउन आग्रह गर्दै बिरामीको उपचारमा लाग्ने आवश्यक आर्थिक तथा प्राविधिक सहयोग राज्यले गर्ने आश्वासन दिए ।

बिगतमा बन्द रहेको जनमैत्री अस्पतालमा आजैदेखि ३० शय्याको कोरोना अस्पताल सञ्चालन गरिने छ । जनमैत्री अस्पताललाई केही दिनभित्र ४० शय्याको सघन उपचार कक्ष आइसीयू सहित १२० शय्या सञ्चालनमा ल्याइने अस्पतालका निर्देशक उमेश पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस