विवेकशील साझाको महाधिवेशन स्थगित

सफल खबर संवाददाता

आइतबार, २६ बैशाख २०७८, १४ : १३
विवेकशील साझाको महाधिवेशन स्थगित

काठमाडौं । विवेकशील साझा पार्टीले जेठ अन्तिम साता तय गरेको एकता महाधिवेशन स्थगित गरेको छ । कोरोना भाइरस महामारीका कारण महाधिवेशन स्थगित भएको हो । 

तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत वर्ष मङ्सिर २४ गते एकता हुँदा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो ।

तर शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले कोरोना भाइरस सङ्क्रमणको तीव्र फैलावटले प्रतिकूल अवस्था सिर्जना गरेको र ठूलो सङ्ख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले जेठमा महाधिवेशन गर्न नसिकने निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

बैठकले परिस्थिति सहज बनेपछि अनुकूलता हेरी केन्द्रीय समितिबाट महाधिवेशनको अर्को तिथि तय गर्ने निर्णय गरेको छ ।विवेकशील साझा पार्टीले कोरोना कहरले सिर्जना गरेको यो परिस्थितिसँग जुध्न सरकारलाई सक्दो मद्दत गर्ने निर्णय पनि गरेको प्रवक्ता पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस