लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मीको सिफारिस

सफल खबर संवाददाता

आइतबार, २६ बैशाख २०७८, १३ : ४१
लोकसेवा आयोगको अध्यक्षमा  पूर्वसचिव रेग्मीको सिफारिस

काठमाडौं । पूर्वसचिव माधवप्रसाद रेग्मी लोकसेवा आयोगको अध्यक्षमा सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले रेग्मीको नाम सिफारिस गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले  रेग्मीको नियुक्ति सिफारिसमा गरेका हुन् ।देउवा बैठकमा सहभागी नभए पनि उनको कोटाबाट झापाका रेग्मीले नियुक्ति पाएका हुन् ।

परिषद्ले‍ सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । सुनुवाइ समितिबाट अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।

प्रतिक्रिया दिनुहोस