देउवालाई सन्देश छोडेर बालुवाटारमा के भन्न पुगे महन्थ ठाकुर र राजेन्द्र महतो ?

सफल खबर संवाददाता

आइतबार, २६ बैशाख २०७८, ११ : ५१
देउवालाई सन्देश छोडेर बालुवाटारमा के भन्न पुगे महन्थ ठाकुर र राजेन्द्र महतो ?

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई सन्देश छोडेपछि सीधै वालुवाटार पुगेका छन् । बालुवाटार स्रोतका अनुसार यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका दुई नेता महन्थ ठाकुर र राजेन्द्र महतोबीच कुराकानी भइरहेको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवासँग डेढ घण्टा लामो छलफलपछि जसपा अध्यक्ष ठाकुर र बरिष्ठ नेता महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। उनीहरुले कांग्रेस सभापति देउवालाई अविश्वासको प्रस्तावमा साथ नदिने बरु तटस्थ बस्ने सन्देश छोडेका थिए ।

सो सन्देश छोडेर बालुवाटार पुगेका महन्थ र राजेन्द्र महतोले प्रधानमन्त्री ओलीसँग पछिल्लो घटनाबारे परामर्श गरिरहेका छन् । जसपाका अध्यक्ष ठाकुर र महतोको ओलीसँग तिक्तता बढेको खबर बाहिर आइरहेको बेला उनीहरु ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । उक्त भेट अर्थपूर्ण रहने बालुवाटार स्रोतको भनाइ छ । 

प्रधानमन्त्रीले भोलि विश्वासको मत लिन प्रतिनिधिसभा बैठक बोलाएका छन् । जसपाको आफूलाई साथ रहने प्रधानमन्त्री ओलीले बताइरहेका छन्, तर जसपाले कुनै निर्णय गरेको छैन । 

प्रतिक्रिया दिनुहोस