उपत्यकामा आइसियु अभाव, पोखरा र झापा लगिए बिरामी

पत्रपत्रिकाबाट

आइतबार, २६ बैशाख २०७८, ०६ : ४९
उपत्यकामा आइसियु अभाव, पोखरा र झापा लगिए बिरामी

काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालमा आइसियु अभाव भएपछि संक्रमितहरू हेलिकोप्टरबाट उपत्यकाबाहिर जाने गरेको पाइएको छ।

शनिबार बाग्लुङका ४३ वर्षीय पुरुष उपत्यकाका अस्पतालमा आइसियु नपाएपछि हेलिकोप्टरबाट पोखरास्थित चरक अस्पताल पुगेका छन्। कोरोना संक्रमणका कारण शरीरमा अक्सिजनको मात्रा घटेको र आइसियु नपाएर उनले पोखरा जानुपरेको हो।

उपत्यकाका निजी र सरकारी दुवै अस्पालमा व्यापक खोजी गर्दा पनि आइसियु र बढी क्षमताको अक्सिजन नपाएपछि पोखरा जानु परेको उनकी पत्नीले बताएकी छिन्।

पोखरा जाने क्रममा खराब मौसमका कारण बीचमा दुई ठाउँमा रोकेर मात्र उनीहरू पोखरा पुगेका थिए। ‘भाग्यले बाँच्यौं, बीचमै झन्डै मरिएन,’ उनले हेलिकोप्टरको यात्रा सम्झिँदै भनिन्।

आइसियु नपाएपछि शनिबारै अरू दुई बिरामी उपत्यकाबाहिर गएको कोभिड उपचारमा संलग्न भोल्युन्टियर गु्रपले जनाएको छ।

उनीहरूले आइसियु र शय्या नपाएका बिरामीका लागि खोजी गरिदिने काम दुई सातादेखि गर्दै आएका छन्। नागरिक दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस