यसरी गरे मुख्यमन्त्री पोखरेलले बादल र खिमलालबीचको तुलना

सफल खबर संवाददाता

शनिबार, २५ बैशाख २०७८, १३ : ४४
यसरी गरे मुख्यमन्त्री पोखरेलले बादल र खिमलालबीचको तुलना

काठमाडौं । नेकपा एमालेका नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बागमती प्रदेशको राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा बादल र अर्थविद् डा खिमलाल देवकोटासँगबीचको तुलना गरेका छन् ।

उनले बादललाई माथि पार्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘दुई जनाबीचको तुलना हुनै सक्दैन । उनले बादलसँगको तुलना खिमलाल देवकोटासँग हुन नसक्ने जिकिर गरेका छन् ।  ‘जसरी माधव कमरेडको तुलना बादल कमरेडसँग हँदैन भनेर हामी भन्छौं,’ पोखरेलले फेसबुकमा लेखेका छन्, ‘त्यसरी नै बादल कमरेडको तुलना खिमलाल देवकोटासँग हुनै सक्दैन। मनन गरौं।’

बादल र देवकोटा बागमती प्रदेशका लागि ६ जेठमा हुन गइरहेको राष्ट्रियसभाको उपनिर्वाचनका उम्मेदवार हुन् । बादललाई एमाले संस्थापन पक्षको सर्मथन छ भने देवकोटालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जसापको उपेन्द्र यादव बाबुराम भट्टराई पक्ष र एमालेको माधव नेपाल पक्षको सर्मथन छ।


 

प्रतिक्रिया दिनुहोस