काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक साँझ ५ बजेलाई बोलाएइको एक मन्त्रीले जानकारी दिए । बैठकका एजेण्डा भने केही पनि नखुलाईएको उनले बताए ।
मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेकोले आजको बैठकलाई राजनितिक बृत्तमा महत्वका साथ हेरिएको छ । यसअघि प्रम ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि डाकेका छन् ।
बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा सहभागी नहुने भएका छन् । संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भइसकेकाले बहुमत सदस्य उपस्थित नभएपनि प्रधानमन्त्री ओलीले निर्णय गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ बैशाख २०७८, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय
वैशाख महिनामा बसेको मन्त्रिपरिषद् बैठकका १०६ निर्णय सार्वजनिक
मन्त्रिपरिषद् बैठक बस्दै
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय