प्रधानमन्त्री ओलीले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

सफल खबर संवाददाता

शनिबार, २५ बैशाख २०७८, १० : ३८
प्रधानमन्त्री ओलीले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक साँझ ५ बजेलाई बोलाएइको एक मन्त्रीले जानकारी दिए । बैठकका एजेण्डा भने केही पनि नखुलाईएको उनले बताए । 

मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेकोले आजको बैठकलाई राजनितिक बृत्तमा महत्वका साथ हेरिएको छ । यसअघि प्रम ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि डाकेका छन् ।

बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा सहभागी नहुने भएका छन् । संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भइसकेकाले बहुमत सदस्य उपस्थित नभएपनि प्रधानमन्त्री ओलीले निर्णय गर्न सक्नेछन् ।