‘अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपुर्ति गर्न खोज्नु अलोकतान्त्रिक कार्य’ : माधव नेपाल

सफल खबर संवाददाता

शनिबार, २५ बैशाख २०७८, ०८ : ३७
‘अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपुर्ति गर्न खोज्नु अलोकतान्त्रिक कार्य’ : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अध्यायदेशमार्फत संवैधानिक आयोगमा पदपुर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन र अलोकतान्त्रिक भएको बताएका छन् । 

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता नेपालले उक्त कुरा बताएका हुन् । ‘ कोरोना भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यायदेशमार्फत संवैधानिक आयोगमा पदपुर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो ।’ नेपालले लेखेका छन् । 

उनले मुलुकमा उत्पन्न विषम् परीस्थितिमा सरकार र जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्युत हुन नमिल्ने बताउँदै जनताको जीवनरक्षामा ध्यान केन्द्रित गर्न सरकारसंग आह्वान गरेका छन् । ‘ मुलुकमा उत्पन्न विषम् परीस्थितिमा सरकार र जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्युत हुन मिल्दैन । अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरु तत्काल बन्द गर्न र जनताको जिवनरक्षामा ध्यान केन्द्रित हुन आह्वान गर्दछु । उनले भने । 

प्रतिक्रिया दिनुहोस