काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका दल २७ वैशाखका लागि आह्वान संसद् विशेष अधिवेशनमा ‘कसरी अघि बढ्ने ?’ भन्नेबारे तीव्र संवादमा उत्रेका छन् ।
कांग्रेसले पदाधिकारी बैठकमार्फतै ‘प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने’ प्रस्ट पारिसकेको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्तास“गै ‘अब फेरि मत नदिने’ बताएको छ । यी दुई दल अन्य विपक्षीलाई समेत आफ्ना ‘कित्ता’मा ल्याउने प्रयासमा छन् ।
कांग्रेसले ‘अविश्वासको मत’का लागि माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमाले माधव नेपालसमूहसँग आन्तरिक छलफल जारी राखेको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार ‘अब कसरी अघि बढ्ने ?’ भन्ने विषयमा विपक्षी दलबीचमा संवाद जारी छ । विपक्षमा रहेका अन्य दललाई समेत प्रधानमन्त्री ओलीलाई ‘मत नदिन आग्रह गरिने’ उनले जानकारी दिए ।
मंगलबारबाटै विपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल जारी छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २५ बैशाख २०७८, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा नेतृत्वको सर्वदलीय संवादपछि विपक्षी दल सिंहदरबारमा छुट्टै छलफलमा
प्रतिनिधिसभा बैठकमा विपक्षी दलको अवरोध कायमै
प्रधानमन्त्रीले सदनमै उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने विपक्षी दलहरूको निष्कर्ष
अध्यादेश प्रक्रियापछि विपक्षी दलहरू संयुक्त छलफलमा
सभामुख भेट्न पुगे विपक्षी दलका नेताहरू
उपसभामुखलाई हटाउने काँग्रेस-एमालेको तयारीलाई असफल पार्ने विपक्षी दलहरूको निर्णय