काठमाडौंमा मात्र थपिए ३ हजार बढी संक्रमित

सफल खबर संवाददाता

शुक्रबार, २४ बैशाख २०७८, १७ : २३
काठमाडौंमा मात्र थपिए ३ हजार बढी संक्रमित

सांकेतिक तस्वीर

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा मात्र ३ हजार बढी संक्रमित थपिएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ३ हजार ८९, ललितपुरमा ६ सय ४३ र भक्तपुरमा ३ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ मा झापामा २ सय १६ तथा मोरङमा २ सय ७३ जना संक्रमित थपिएका छन् । प्रदेश २ मा पर्सामा १ सय ३० तथा धनुषामा १ सय ६ जना संक्रमित भेटिएका छन् ।

गण्डकीमा कास्कीमा ३ सय ९३, लुम्बिनीमा दाङमा ३ सय ६६ तथा रुपन्देहीमा ७ सय ३० जना संक्रमित भेटिएका छन् । सुदूरपश्चिममा कैलालीमा सर्वाधिक १ सय २५ जना संक्रमित थपिएका छन् ।